नर्स मृत्यु प्रकरण : डा.ढकाल पक्राउ

0
Shares

काठमाडौँ।

प्रहरीले डा. सुजन ढकाललाई पक्राउ गरेको छ।

काठमाडौंको वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठले ढकालको घर बोहराटारमा गत शनिबार आत्महत्या गरेकी थिइन्। श्रेष्ठका परिवारका सदस्यले डा. ढकालविरूद्ध आत्महत्या दुरूत्साहनमा निवेदन दिएका थिए।

डा. ढकाललाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको प्रहरी वृत्त बालाजुले जनाएको छ।

उनी डाक्टर सुजनसँग प्रेम सम्बन्धमा रहेको र विवाह गर्न नमानेकाले उनकै घरमा गएर आत्महत्या परिवारको आरोप थियो।

अनुमाको परिवारले डाक्टर सुजनविरूद्ध आत्महत्या दुरूत्सानका जाहेरी दिएका थिए।