१८ घण्टापछि एकतर्फी खुल्यो पृथ्वी राजमार्ग, तत्काल दुईतर्फी खुल्ने सम्भावना न्यून



धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्के पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एकतर्र्फी खुलेको छ ।

धुनिवेशी नगरपालिका–६ र थाक्रे गाउँपालिका–८ को सीमाना जोड्ने गणेश खोला पुलमा सोमबार अपरान्ह ४ बजेदेखि ठप्प बनेको राजमार्ग मंगलबार बिहान १० बजेबाट एकतर्फी खुलाएको हो ।

भासिएको ठाउँमा ग्याविन जाली भरेर एकतर्फी गाडी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक शन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।

यातायात ठप्प हुँदा धार्के र धार्के आसपासमा लागेको सबारी जाम हटाउन हम्मेहम्मे छ । पूर्व पश्चिमबाट धादिङ आइपुगेका सवारीलाई प्रहरीले चौकी र बजार क्षेत्र आसपासमा रोकेर राखेको छ ।

पूर्व पश्चिमबाट काठमाडौं आउँदै गरेका सवारीलाई प्रहरीले धादिङको जोगिमारा, मलेखु, घाटबेशी, आदमघाट लगायतका बजार र प्रहरी चौकी आसपासमा राखिएको छ ।

बाटो एक तर्फी खुलाइए पनि तत्कात सहजै बाटो पास गर्न कठिन छ । सयौं सवारीहरु सडकमा रोकिएकोले ती गाडीहरु पार गराउन अझै केही घण्टा लाग्ने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्