नवनिर्वाचित सांसद यादवले आज पद तथा गोपनियताको शपथ लिँदै

0
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनियताको शपथ लिँदैछन् ।

गत बैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा–२ वाट बिजयी यादवले आज पद तथा गोपनियताको शपथ लिन लागेका हुन ।

संघीय संसद् सचिवालयका दशरथ धमलाका अनुसार आज दिउँसो १ः०० बजे कानून समितिको हल, सिंहदरवारमा सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथ गराउने छन् ।

उपनिर्वाचनवाट विजयी भएका रबि लामिछाने र स्वर्णिम वाग्लेले भने यसअघि नै शपथ ग्रहण गरिसकेका छन् ।