सकियो मंगोलियन हार्टको अस्ट्रेलिया टुर



लोकप्रिय सांगीतिक समूह मंगोलियन हार्टको अस्ट्रेलिया टुर सम्पन्न भएको छ।

१० अप्रिलमा मेल्बर्नबाट शुरु भएको अस्टझेलियाको सांगीतिक यात्रा आइतबार एडलेड पुगेर टुंगिएको ब्यान्डले जनाएको छ। ब्यान्डले १३ तारिखमा ब्रिस्बेन, १५ मा सिड्नी, १६ मा केन्बेरा, २१ मा डार्बिन, २३ मा पर्थ, २९ मा होबर्ट हुदै ३० तारिखमा एडलेड पुगेर आप्mनो अन्तिम प्रस्तुति प्रस्तुत गरी कार्यक्रम समापन गरेको हो। १० वर्षपछि मंगोलियन हार्ट अस्ट्रेलियाको टुरमा निस्किएको हो। त्यसकारण कन्सर्ट भएका हरेक शहरमा मंगोलियन हार्टलाई हेर्न र सुन्न दर्शकको ठूलो क्राउड जम्मा भएको ब्यान्डका म्यानेजर एवम् गितारिस्ट बबी लामाले बताए। हरेक शहरमा भएको कन्सर्टमा ब्यान्डका फ्रन्ट म्यान राजु लामाले मेरो नेपालबाट प्रस्तुति शुरु गर्दै बादलपारीको देशबाट, म माया लाउँदिनँ, हल्ला चलेछ, तिमीलाई देखेर, पर्खाइमा, सायद तिम्रो बाटोमालगायतका आप्mना लोकप्रिय गीत गाएर दर्शक झुमाएका थिए।

आइतबार राति एडलेडमा भएको अन्तिम प्रस्तुतिमा लामाले सायद तिम्रो बाटोमा गीत गाउँदै म्युजिकल टुर टुंग्याएका थिए। यात्रा टुंग्याउँदै गर्दा दर्शकदीर्घाबाट सबैले हात उठाएका थिए, अनि लामाले मुस्कुराउँदै स्टेजबाटै दर्शकसँग सेल्फी खिचेका थिए। ञहाम्रो पखाईमा भिज्यो सिरानी गीतझैं मंगोलियन हार्टलाई पर्खिंदा पर्खिंदै हामीलाई प्रेम गर्ने यहाँका दर्शकको पर्खाइमा सिरानी भिजेको रहेछ। जहाँ पुगे पनि सबैको उस्तै आग्रह थियो । चाँडै फर्की आऊ हामीले पनि अब चाँडै फर्किन्छौं, १० वर्ष लगाउँदैनौं भनेका छौं, लामाका भनाइ छ।

राजु लामा ३० वर्षअघि सन् १९९२ मा स्थापना भएको यही ब्यान्डबाट चर्चामा आएका हुन्। लोक, स्लो रक, पप मेलोडी संगीतका लागि प्रिय रहेको यो ब्यान्डको रिदम गितारमा बबी लामा, डझममा सन्तोष थापा मगर, लिड गितारमा किरन नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन्।

प्रतिक्रिया दिनुहोस्