लायन्स ३२५ जीको डिष्ट्रिक गर्भनरमा दीपक कृष्ण प्रजापति

0
Shares

काठमाडौँ ।

लायन्स क्लव अन्तर्राष्ट्रिय मल्टिपल डिष्ट्रिक ३२५ जी नेपालको पहिलो बार्षिक जिल्ला अधिवेशन राष्ट्रिय सभागृहमा भब्यताका साथ सम्पन्न भयो ।
लायन्स ३२५ जीको डिष्ट्रिक गर्भनर दीपक कृष्ण प्रजापति, प्रथम भाईस डिष्ट्रिक गर्भनर कमल बहादुर कायस्थ र द्वितीय भाईस डिष्ट्रिक गर्भनर विधान जोशी निर्विरोध रुपमा चयन हुनुभएको छ । यस्तै क्याबिनेट सचिवमा प्रशान्त प्रधान र क्याबिनेट ट्रेजरमा अग्निबिलाच अधिकारी चयन हुनुभएको छ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लवका पूर्व अन्तर्राष्ट्रिय संयोजक संजय खेतानले कार्यक्रमको उद्घाटन गर्नुभयो । सन् १९१७ मा विश्व युद्धका बेला व्यवसायीहरु मिलेर अमेरिकाको सिंगागोमा सामाजिक सेवाको भावले पहिलो पटक लायन्स क्लवको शुरुवात गरिएको थियो । नेपालमा पहिलो पटक सन् १९७१ मा बिराटनगरमा लायन्स क्लव चार्टर गरिएको थियो । यो क्लवको विस्तार हुँदै जाँदा सन् १९९६ मा पुग्दा लायन्स क्लवले त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा आँखा उपचारका क्षेत्रमा विशेष योगदान पुर्याउँने उदेश्यले लायन्स बीपी कोइराला सेन्टर फर अफ्थामोलोजी अध्ययनका लागि ठूलो प्रोजेक्ट ल्यायो र त्यसलाई हाल सम्म पनि निरन्तरता दिईरहेकोछ । आगामी दिनमा पनि यस्ता मानव कल्याणका कार्यमा लायन्सलाई साथ र सहयोग मिलीरहने विश्वास लिएको बताउँनुभयो । सोही अवसरमा उहाँले क्लवले निकालेको सोभिनियरको सार्वजनिक गर्नुभएको थियो ।

डिष्ट्रिक ३२५ जीका प्रथम डिष्ट्रिक गर्भनर उत्तम प्रसाद झाले स्वागत मनतब्य राख्ने क्रममा मानवताको क्षेत्रमा महत्वपूर्ण काम गरिरहेको लायन्स क्लव डिष्ट्रिक ३२५ जीले आफ्ना सेवाका क्षेत्रमा डाईविटिज, इन्भ्यारोमेन्ट, हङ्गर, भिजन तथा चाइल्डहुड क्यान्सर जस्ता महत्वपूर्ण क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । साथै विद्यालय भवन निर्माण अस्पताल निमार्ण, तथा सामाजिक गतिविधिहरु गर्दै आएकोछ । यसका साथै सदस्यता बृद्धिका लागि विश्वव्यापी रुपमा सञ्जाल बढाउँदै जानु लायन्सका लागि सुखद क्षण र ठूलो अवसरमा पनि हो । नेपालमा हाल एवान, एटु, बीवान, बीटु बाट विस्तार भएर १५ वटा नयाँ डिष्ट्रिक बनाउँन सफल भएका छौ । यसका साथै सदस्यता बृद्धिसँगै नयाँ क्लवहरु खुल्ने क्रम पनि बृद्धि भएको छ । हाल लायन्स क्लव डिष्ट्रिक ३२५ जी मा १२० भन्दा बढी क्लवहरु आवद्ध भै सेवामा क्रियासिल रहेको पनि जानकारी गराउँनुभयो । क्लवको अधिवेशन सम्पन्न भएको २ महिना सम्म पहिलाकै गर्भनरको कार्यकाल कायम रहने लायन्स क्लवको नियम रहेकोछ ।

उद्घाटन सत्रमा मनतब्य राख्नेहरुमा इन्टरनेशनल डिष्ट्रिक इन्डोरसी लायन्स बालकृष्ण बुर्लाकोटी, जीएमटी एरिया लिडर लायन खगेन्द्र सिटौला, एलसीआईएफ एरिया लिडर राजन लम्साल, एमसीसी केशव पाण्डे, सुदर्शनधर प्रधानाङ्ग, पदमसुन्दर श्रेष्ठ  लगायतले मनतब्य राख्नुभएको थियो । कार्यक्रममा भाइस डिष्ट्रिक गर्भनर दीपक कृष्ण प्रजापतिले धन्यवाद ज्ञापन गर्नुभएको थियो । अधिवेशनको होस्ट क्लव बनेपा काभ्रे रहेको थियो ।

बन्द सत्रको बैठक डिष्ट्रिक गर्भनर उतम प्रसाद झाले गर्नुभएको थियो । उहाँले बन्द सत्रबाट उठेका प्रश्नको जवाफ दिनुभयो । आर्थिक विवरण क्याविनेट कोषाध्यक्ष लायन श्रीबहादुर परियार र डिष्ट्रिक क्याविनेट कोषाध्यक्षले प्रस्तुत गर्नुभएको थियो । लायन्सको प्रतिवेदन डिष्ट्रिक क्याविनेट सेक्रेटरी लायन विधान जोशीले प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत भएका प्रतिवेदन र प्रस्ताव भएका पदाधिकारीहरुलाई प्रतिनिधिहरुले ताली बजाएर स्वीकारेका थिए ।