अभिनेत्री उषालाई रत्न सम्मान 



काठमाडौँ। 

नेपाली चलचित्रकी अभिनेत्री उषा खनाल सांस्कृतिक रत्न सम्मान २०८० बाट सम्मानित हुनुभएको छ ।

नेपाल चलचित्र नृत्य संघले अभिनेत्री खनाललाई  राष्ट्रिय चलचित्र सांस्कृतिक रत्न सम्मान२०८० बाट सम्मानित गरेको हो । अभिनेत्री खनालले नेपाली चलचित्र क्षेत्रमा पु¥याउनुभएको योगदान र भूमिकाको कदर गर्दै संघले उहालाई सो सम्मान प्रदान गरेको हो । काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अभिनेत्री खनाललाई सो सम्मान प्रदान गरेका हुन् ।

अभिनेत्री खनालले थुप्रै चलचित्रमा अभिनय गर्नुभएको छ  भने उहा सफल मोडल पनि हुनुहुन्छ । उहाँले दर्जनौँ  म्युजिक भिडियोमा पनि अभिनय गर्नुभएको छ ।
खनालले आफू चलचित्र क्षेत्रमा अझै मिहिनेत गर्दै अघि बढ्ने र चलचित्र क्षेत्रको थप विकासमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले  राष्ट्रिय चलचित्र सांस्कृतिक रत्न सम्मानले सम्मानले आफूलाई थप जिम्मेवारी र हौसला प्रदान गरेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्