रास्वपाले गठन गर्‍यो ३६ विभाग, कुन विभागको प्रमुख को ?

0
Shares

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका विभागहरू गठन गरेको छ । सोमबार बसेको केन्द्रीय समितिको बैठकले ३६ वटा विषयगत विभाग गठन गरेको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

बैठकले नीति तथा विचार विभाग र प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी महामन्त्री डा. मुकुल ढकाललाई दिएको छ ।

यस्तै, सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई संगठन विभाग, शिशिर खनाललाई अभियान तथा प्रचार प्रसार विभागमा विपिन आचार्य, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग, डीपी अर्याललाई प्रवास नेपाली सम्पर्क विभाग, कुसुम महर्जनलाई मानवीय प्रबर्द्धन विभाग, दीपक बोहोरालाई जनसम्पर्क विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

बैठकले अर्थ नीति विभाग प्रमुखमा डा. स्वर्णिम वाग्ले, कानुन तथा न्याय विभागमा सोविता गौतम, मानव अधिकार विभाग प्रमुखमा सन्तोष परियार चयन भएका छन् ।