नेपाल र युएईबीचको फाइनल खेल रोकियो

0
Shares

काठमाडौँ।

एसिसी प्रिमियर कपअन्तर्गत नेपाल र युएईबीचको फाइनल खेल वर्षाका कारण भोलि मंगलबारसम्मका लागि स्थगित भएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा खेल वर्षाले रोकिएको थियो।

स्थगित खेल आजकै स्थितिबाट भोलि खेल सुरू हुनेछ।