काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक बस्दैछ ।
पार्टी केन्द्रीय समतिको बैठक आज (सोमबार) बिहान ११ बजे बस्नेछ भने संसदीय दलको बैठक दिउँसो ३ बजे बस्ने रास्वपाले जनाएको छ ।
सभापति रवि लामिछाने उपनिर्वाचनबाट सभापति रवि लामिछाने पुनः निर्वाचित भए पश्चात् पहिलो पटक केन्द्रीय समिति र संसदीय दलको बैठक बस्न लागेको हो ।
बैठकमा रास्वपाले सरकारले दिएको समर्थन फिर्ता लिने वा नलिने सन्दर्भमा निर्णय गर्ने बताइएको छ । आज बस्ने बैठकले रविलाई पुनः संसदीय दलको नेतामा चयन गर्ने एजेन्डा रहेको छ ।











प्रतिक्रिया