म्युजिक खबर म्युजिक अवार्ड सम्पन्न

0
Shares

गीत संगीतका विभिन्न विधामा अवार्ड प्रदान गर्दै दशौं म्युजिक खबर म्युजिक अवार्ड शुक्रबार राजधानीमा सम्पन्न भएको छ।

म्युजिक खबर डट कमद्वारा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा गायिका तीर्थकुमारी थापालाई ५१ हजार रुपियाँ नगदसहित दीर्घ साधना सम्मान प्रदान गरियो। कार्यक्रममा लोकगायक प्रेमराजा महतलाई डायस्पोरा संगीत सम्मान, गायक भोजराज काप्mले र निशा देशारलाई दशकको संगीत सम्मान, गायिका मनीषा पोखरेललाई युवा प्रतिभा सम्मान र बाल गायिका आयुषा गौतमलाई बालप्रतिभा प्रोत्साहन सम्मान प्रदान गरियो भने पत्रकार सानुकाजी श्रेष्ठलाई नगद १० हजार रुपियाँसहित म्युजिक खबर कला पत्रकारिता सम्मान र सञ्चारकर्मी चन्द्रमणि गौतमलाई रेडियोकर्मी सम्मान तथा गीतकार राम अविरल र रामचन्द्र ढकाललाई म्युजिक खबर स्रष्टा सम्मान प्रदान गरियो।

गीत संगीत प्रस्तुतिका साथ अघि बढाइएको कार्यक्रममा प्रकाश तिमल्सिना र रिता केसी सर्वोत्कृट गायक गायिकाको अवार्डका हकदार बने। त्यसैगरी, शान्तिराम भद्मराई सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत, रमेश दाहाल पप गीतकार, सरोज प्याकुरेल पप संगीतकार, चिरञ्जीवी भण्डारी पप गायक, सोफिया थापा पप गायिका, रिता रावत लोकदोहोरी नवप्रतिभा, रमेश पाठक र रेजिना परियार लोकगीत, विश्वास नेपाल लोकदोहोरी संगीत संयोजन, गोविन्द सोनी लोकदोहोरी ध्वनि सम्पादन, निक्स शर्मा र रविना भण्डारी लोकदोहोरी म्युजिक भिडियो मोडल, काजिश श्रेष्ठ लोकदोहोरी भिडियो निर्देशक÷कोरियोग्राफर, प्रकाश पराजुली लोकदोहोरी शब्द, कमल सरगम लोकदोहोरी गीतकार जुरी अवार्ड, खेम सेन्चुरी लोकदोहोरी भाका, रञ्जित परियार लोकदोहोरी गायक, कालिका रोका लोकदोहोरी गायिका, श्रीदेवी देवकोटा पब्लिक च्वाइस अवार्ड तथा ईश्वर सिंह र शान्ता रानी परियार लोकदोहोरी गीतको अवार्ड विजेता बने।

त्यसैगरी, आरके गुरुङ कल्चरल गीत गायक, निशा गुरुङ कल्चरल गीत गायिका, चिज गुरुङ र तारा थापा प्रत्यक्ष दोहोरी गायन, मधुर बस्नेत म्युजिक भिडियो छाया“कार, मिलन विश्वकर्मा म्युजिक भिडियो सम्पादक, सागर लम्साल र समीक्षा क्षेत्री आधुनिक म्युजिक भिडियो मोडल, उमेश भद्म र पूजा शर्मा पपुलर मोडल अफ द इयर पुरुष, देवेन्द्र पाण्डे आधुनिक म्युजिक भिडियो निर्देशक, आमोश तामाङ आधुनिक संगीत संयोजन, किशोर थापा आधुनिक ध्वनि मुद्र्रक, दिग्गज द्यौराली फिल्म गीतकार, एलिस कार्की फिल्म संगीतकार, युवराज चौलागाईं पाश्र्व गायक, प्रविशा अधिकारी पाश्र्व गायिका, ध्रुव अम्गाईं गजल, आयुष्मान विष्ट नवप्रतिभा, प्रवीण बेडवाल र दुर्गा खरेल आधुनिक युगल गायन, चेतन खतिवडा आधुनिक गीतकार, डोन कार्की आधुनिक गीतकार डायस्पोरा, अर्जुन पोखरेल आधुनिक संगीतकार,अनिर मास्के पब्लिक च्वाइस अवार्ड, दीपकराज विश्वकर्मा संगीतकार जुरी अवार्ड, आनन्द कार्की गायक जुरी अवार्ड र र एलिना चौहान आधुनिक÷पप गीत विजेता भए।

समारोहमा गायक तथा संगीतकार अशोक राईको संयोजनमा पूर्व मेचीदेखि महाकालीसम्मका मौलिक धुन प्रस्तुत गरिएको थियो। त्यसैगरी, रामकृष्ण ढकाल, राजु गुरुङ, देवी घर्ती, सरोज लामिछाने र टंक तिमल्सिनाले सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए भने शंकर बिसी, लोसिना लामिछाने, रुबिना बसेल र आयुषा गौतमले नृत्य प्रस्तुत गरेका थिए।