नृत्य दिवसमा कलाकर्मी सम्मानित



नेपाल चलचित्र नृत्य संघले विश्व नृत्य दिवसको अवसर पारेर शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्म, गीत संगीत र नृत्य क्ष्ँेत्रका विभिन्न व्यक्तित्वलाई सम्मान गरेकोे छ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कला क्षेत्रमा लामो समयदेखि सक्रिय फिल्मकर्मी र कलाकर्मीलाई राष्ट्रिय चलचित्र सांस्कृतिक रत्न सम्मान २०८० बाट सम्मानित गरको हो। कार्यक्रममा नृत्य निर्देशक दिनेश पाख्रिनलाई राष्ट्रिय चलचित्र सांस्कृतिक नृत्य रत्न सम्मान २०८० तथा डा. भोला रिजाल, वसुन्धरा भुसाल, दयाराम दाहाल, राजकुमार राई, सुमिना श्रेष्ठ, धीरज राई, कृष्ण कँडेल, ज्याक श्रेष्ठ, विकाश चौधरी, अमृत भारती, पल शाह, अमर ओली, दिनेश केसी, गोपालकाजी कायस्थ, रोहित रुम्बा, ओम सुनार, अच्युत बजगाईं, शान्तिप्रिय, गीता अधिकारी, तारादेवी लिम्बू, गणेश सुवेदी, नवराज श्रेष्ठ, कुमार मोक्तान, रमेश कोइराला, दीपेन्द्र खड्का, सुनीता भद्मराईलगायतलाई विभिन्न सम्मान प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्