भिडियोमा जाली परदेशी



गीतकार नवराज न्यौपानेको नयाँ गीत जाली परदेशी सार्वजनिक भएको छ।

आलिफ खान र रचना रिमालको स्वर तथा राजेन्द्र बजगाईंको संगीत र एरेन्जमेन्ट रहेको गीत भिडियोसहित सार्वजनिक भएको हो। केशवराज भद्मको निर्देशन र कोरियोग्राफी रहेको गीतको भिडियोमा नवराज न्यौपाने, गरिमा शर्मा र उषा उप्रेतीलाई फिचरिङ गरिएको छ।

भिडियोमा बाल कलाकारद्वय निवसोन र रिवसोन न्यौपानेको पनि अभिनय छ लोकलयको सार्वजनिक गीतमा परदेश रहेको प्रेमी र स्वदेशमा रहेकी प्रेमीको कथा बुनिएको छ।

निशा न्यौपानेद्वारा निर्मित भिडियोमा मानकृष्ण महर्जनको छायांकन र वन्दे प्रसादको सम्पादन रहेको छ। गीतको भिडियो ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्