गाडीको ठक्करबाट १४ महिने नाबालिकाको मृत्यु

0
Shares

धनुषा।

जिल्लामा गाडीको ठक्करबाट १४ महिनाकी नाबालिकाको मृत्यु भएको छ ।

हंषपुर नगरपालिका–९ रूदौली बस्ने रविन्द्र कुमार मण्डलकी छोरी १४ महिनाकी लक्ष्मीनिया कुमारी मण्डलको बा१६च ९२६ नम्बरको गाडीको ठक्करबाट आइतबार बिहान घटनास्थलमै मृत्यु भएको हो ।

गाडी व्याक गर्ने क्रममा खेलिरहेकी बालिकालाई ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ ।

गाडी चालकलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।