उपचारपछि स्वदेश फर्किए कांग्रेस सांसद भण्डारी

0
Shares

काठमाडौँ ।

भारतमा उपचाररत नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी आइतबार स्वदेश फर्किएका छन् । उनको अवस्था सुधार हुँदै आएपछि भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरले उनलाई डिस्चार्ज गरेपछि उनी आइतबार नेपाल फर्किएका हुन् ।

गत फागुन ३ गते राति आफ्नै निवास बुद्धनगरमा ‘ग्यास लिक’ भएर आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो । भण्डारीलाई सोही दिन थप उपचारका लागि एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो ।