बुढीगण्डकीकाे बजेट रकमान्तरविरुद्ध युवासंघ

0
Shares

धादिङ। 

बहुप्रतिक्षित बुढीगण्डकी जलाशययुक्त बुढीगण्डकी जलविद्युत परियोजनाको बजेट रकमान्तरविरुद्ध राष्ट्रिय युवा संघ धादिङ र गाेरखाले ज्ञापनपत्र बुझाएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङमा राष्ट्रिय युवासंघ नेपाल धादिङले आइतबार बुढिगण्डकि आयोजनाको गरिएको रकमान्तर रोकेर परियोजनामा काम गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।
जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख जिल्ला अधिकारी रमेश ढकालमार्फत  ऊर्जा तथा जलस्रोत,सिचाई मन्त्रालयलाई ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराएको हो ।

राष्ट्रिय गौरवको आयोजना बुढिगण्डकी नदीमा निर्माण हुन लागेको १२ सय मेगावाट विद्युत् आयोजनाको प्रभावित क्षेत्र भित्र पर्ने आवादी जग्गाको मुआब्जा वितरण गरी नसकेको, घरगोठ र बोटबिरुवाको मुआब्जा वितरणको अन्तिम चरणमा नेपाल सरकारले २०७९/८० को विनियोजित बजेट मध्ये १ अर्ब रकम सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना ४० करोडरकम चितवनको नदी नियन्त्रण प्रयोजनको लागि रकमान्तर गरी बजेट कटौती गरेको विराेधमा राष्ट्रिय युवासंघ नेपालले ध्यानाकर्षण पत्र बुझाएको छ ।

यसै गरी उक्त निर्णय तत्काल नेपाल सरकारले फिर्ता नलिगेमा राष्ट्रिय युवासंघ नेपाल धादिङले आन्दोलन गर्ने बाध्य हुने कुरा ध्यानाकर्षण पत्रमा जानकारी समेत गराइएको छ ।

यसैगरी सिउरीनिटार स्थित बुढीगण्डकी परियोजनाको कार्यालयमा समेत ध्यानाकर्षण पत्र बुझाएको राष्ट्रिय युवा संघ धादिङका सचिव हरिशरण जमरकट्टेलले बताउनुभयो ।