वीर अस्पतालको छतको पर्खाल भत्कियो, ४ जना घाइते

0
Shares

काठमाडौँ ।

लगातारको वर्षाका कारण वीर अस्पतालको पुरानो भवनको छतकाे पर्खाल भत्किँदा चार जना घाइते भएका छन् । वर्षाको कारण पुरानो ईंट्टाको पर्खाल मक्किएर भत्किएको हो।

पर्खालबाट केही ईंट्टा खसेर तल्लो तल्लाको टिनमा ठाेक्किएर तल कोरिडोरमा हिँड्नेहरुलाई लागेको बताइएको छ । तर, गम्भीर चोट भने नलागेको बुझिएको छ ।

घाइतेहरु खतरामुक्त रहेको अस्पतालले जनाएको छ।