सानैदेखि कला क्ष्ँेत्र मनपराउने हेटौंडाका राज कटुवाल अन्ततः आपूmलाई मनपरेकै क्षेत्रमा छन्। सेनाको पारिवारिक पृष्ठभूमिमा हुर्किएका राजलाई उनका पिताले सेनामै देख्न चाहन्थे। पिताको इच्छा पूरा गर्न राजले केही दिन सेकेन्ड लेप्mिटनेन्टको तालिम पनि गरे। तर, कलामा रमाउने उनको मन त्यहाँ रमाउन सकेन। कलेजका कार्यक्रममा नृत्य गर्ने उनलाई ०६४÷०६५ सालतिर एक्कासि रविनश्रीले सम्बन्ध नामक भिडियो फिल्मका लागि अफर गरेपछि उनी अन्ततः आपूmलाई मनपर्ने क्षेत्रमै आए। दिलिप रायमाझी हिरो र आपूm सेकेन्ड हिरो भएको सम्बन्धपछि राजमा कला क्षेत्रप्रतिको झुकाव झनै बढ्यो। जसका कारण उनले अभिनय, नृत्य, द्वन्द्वजस्ता कला सिके। काठमाडौंमा बसेर कला क्षेत्रमा संघर्ष गरिरहेका उनलाई बीचमा यो क्ष्ँेत्रमा भविष्य छैन भन्ने लाग्यो र हेटौंडा फर्के। तर, कलाको स्वादले फेरि काठमाडौं तान्यो। काठमाडौं आउनासाथ फिल्म पाइहाले लाल्टिन। दयाहाङ राईजस्ता कलाकारका साथ उनको काम राम्रँे मानियो। त्यसपश्चात् लीलामा मलिना जोशीको जोडी भएर काम गरे। फिल्म खेल्दै जाँदा उनको डिमान्ड म्युजिक भिडियोमा पनि हुन थाल्यो। त्यसकारण उनी हिजोआज म्युजिक भिडियोमा छाइरहेका छन्। उनले मोडलिङ गरेको मेसो मिलाएर बोलको गीतको भिडियो अहिले जताततै भाइरल भइरहेको छ। टिकटक अकाउन्टमा त यसमाथि हजारौं भिडियो बनेका छन्। चलचित्र विकास बोर्डको सदस्यसमेत रहिसकेका उनी अहिले बोर्ड नै बन्द गरिदिए हुन्छ भन्न थालेका छन्। उनीसँग यी र यस्तै विषयमा नेपाल समाचारपत्रका लागि वरिष्ठ समाचार सम्पादक विदुर गिरीले गरेको कुराकानी यहाँ प्रस्तुत छ :
हिजोआज के गर्दै हुनुहुन्छ?
चलचित्र विकास बोर्डका गतिविधिमा व्यस्त थिएँ, त्यहाँको सदस्य पदको कार्यकाल हालसालै सकियो। त्यसैले, अबचाहिँ फिल्मकै काममा फर्किएको छु। केही फिल्ममा काम गर्ने सल्लाह भएको छ भने होम प्रडक्सनबाट फिल्म निर्माण गर्दैछु। यिनै फिल्मको तयारीमा लागिरहेको छु।
फिल्ममा काम गर्न आउनुभएको मान्छे, बीचमा हेटौंडा किन फर्किनुभयो?
म नरेन्द्र महर्जन दाइ, राजकुमार राई दाइहरुसँग चिनजान भएकाले फिल्मका कार्यक्रममा जता पनि जान्थें। त्यस्ता भेटमा जसले पनि खतरा ह्यान्सम छौ भन्थे, तर फिल्ममा लिने बेलाचाहिँ निखिल उप्रेती, विराज भद्म, राजेश हमाल दाइहरुलाई मात्र लिन्थे। अनि फिल्मबाट कमाइ नहोला जस्तो पनि लागेपछि म हेटौंडा फर्केको थिएँ। पछि फेरि कला क्ष्ँेत्रमा नै आएँ अनि फिल्म पनि मिलिहाल्यो। मलाई मनपर्ने क्षेत्र यही हो, त्यसैले अब चाहिँ दायाँ बायाँ नसोची यसमा नै लागिरहन्छु भन्ने प्रमिश गरेको छु।
पछिल्लो समय म्युजिक भिडियोमा बढी फोकस भइरहनु भएको छ नि?
साथीभाइ र केही दाइले पहिले पहिले फिल्म खेल्ने मान्छे म्युजिक भिडियोमा काम गर्न हुँदैन भनेर भिडियोमा काम गर्न दिँदैन थिए। तर, फिल्म र म्युजिक भिडियो दुवै उस्तै खालको काम त हो भनेर म्युजिक भिडियोमा काम गर्न थालेँ। मेरो भिडियोको कामलाई दर्शकले मन पनि पराइदिनुभएको छ। मैले काम गरेकोमध्ये मेसो मिलाएरको भिडियोलाई सबैभन्दा बढी मन पराएको देख्दा पुसको जाडोमा सुनकोसीमा डुबेर काम गरेको प्रतिफल पाएको महशुस भएको छ। भिडियो पनि निकै राम्रो बनेको छ, अनि श्रद्धा क्षेत्री र मेरो जोडी राम्रो देखिएर पनि होला मन पराउनुभएको।
फिल्म प्रसाद–२ छोड्नुभयो, अहिले पछुतो लागेको छैन?
छोडिसकेपछि पछुतो मानेर केही हुनेवाला छैन र पछुतो लागेको पनि छैन। त्यो फिल्मको ब्यानर र टिम राम्रो थियो, त्यसमा सबै अभिनयका खानी थिए। मैले सिक्ने मौका पाउँथे। एक हप्ता विपिन कार्की र अर्पण थापा दाइ, नम्रता श्रेष्ठजीहरुका साथ वर्कसप पनि गरेँ। पछि फिल्मको सेड्युल चेन्ज भयो, मेरो टाइमिध्र पनि मिलेन र छोड्नुपर्यो। प्रसाद–२ बन्ने नबन्ने कन्फर्म पनि थिएन। तर, राम्रोसँगै सल्लाह गरेर लिएको पारिश्रमिक पनि फिर्ता गरेर अलग भएको हुँ। अर्पण थापाले त किन छोडेको भनेर गाली नै गर्नुभएको थियो।
होम प्रोडक्सनबाट फिल्म बनाउँदै हुनुहुन्छ। मेकिङतिर जान हो कि भनेको जस्तो रोलका लागि?
मेकिध्रमा इन्टझेस्ट भएर नै हो। एउटा कलाकारका लागि यो रोल, त्यो रोल भन्ने नै हुँदैन जस्तो लाग्छ। जस्तोसुकै रोल पनि गर्न सक्नुपर्छ। काम गर्न सक्दैन भने आफ्नै लागि सिंगल रोल लेखेर पनि केही हुनेवाला छैन। यसै पनि म अरुको ब्यानरमा समेत अफर आयो भन्दैमा फाल हालेर फिल्म खेल्न जाँदिन।
तपाईं आप्mनो कस्तो छवि बनोस् भन्ने चाहनुहुन्छ? लभर ब्वाइ कि एक्सन हिरो?
मलाई एक्सन मनपर्छ र त्यसको लागि धेरै पहिले नै मार्सल आर्टको टेझनिध्र पनि गरेको थिएँ। अहिले पनि रेगुलर दुई तीन घण्टा जिम गर्छु। विराज दाइ, निखिल दाइहरुले काम कम गर्ने भएपछि एक्सन फिल्म हराएजस्तो महशुस भएको छ। उहाँहरुको त्यो ठाउँ त लिन सकिँदैन होला, तर प्रयास गरिन्छ।
चलचित्र विकास बोर्डमा तपाईंको दुईवर्षे कार्यकाल हालसालै सकियो। के अनुभव गर्नुभयो त्यहाँ बसेर?
बोर्डमा बसेर काम गर्न त्यति सहज रहेनछ। पहिलाकाले किन काम गरेनन् भन्ने कुरा त्यहाँ गएपछि मात्र थाहा भयो। त्यहाँ काम गर्ने माहोल नै छैन। अध्यक्ष र पदेनसहित सातजना बोर्ड मेम्बर हुन्छ। ती सातजनाले गहन छलफल गरेर डिसिजन गरेको विषयमा पनि मन्त्रालयले हस्तक्षेप गर्छ। यसो भएपछि किन चाहियो विकास बोर्ड? सानो सानो निर्णयका लागि पनि मन्त्रालयको मुख ताक्नुपर्ने र मन्त्रालयले नचाहि केही नहुने भएपछि चलचित्र विकास बोर्ड बन्दै गरिदिए हुन्छ। या त बोर्डलाई काम गर्न दिनुपर्छ। फिल्म क्षेत्र बुझेका बोर्डका सदस्यको डिसिजन नमानेर मन्त्रालयले डिसिजन गर्ने हो भने यो बोर्ड मन्त्रालयकै एउटा कोठामा सारे भइहाल्यो नि।
मन्त्रालयबाट कसरी हस्तक्षेप हुने रहेछ?
यो नगर त्यो नगर भन्ने भन्दा पनि डिसिजन गरिसकेपछि फेरि गर्नुपर्ने भयो भने त्यसले के अर्थ राख्छ र? यताबाट डिसिजन भएको कुरामा कहिले फाइल आएको छैन, कहिले के भनेर अड्को थाप्ने काम हुने रहेछ। कहिले सचिव, त्यसपछि मन्त्रीलाई भन्नुपर्ने अनि दोष जति बोर्डले। बोर्डको भूमिका केवल मिडिएटरको जस्तो देखियो। मन्त्रालयले चलचित्र विकास बोर्डलाई केही अधिकार नै दिएको छैन, त्यो सबै आफैले राखिरहेको छ। बोर्डले हाम्रो फिल्मको मार्केट बढाउनुपर्ने हो। यसका लागि नेपालमा भएका कुरा प्रवद्र्धन गनर््पड्डयो। मार्केट बढाउन चहलपहल गरौँ, विदेशी टेक्नोलोजी बुझौ, हाम्रो टेक्निसियन, निर्माता, निर्देशकलाई बाहिर पठाऔंभन्दा मन्त्रालयले स्वीकृति दिदैन। बोर्डले फिल्म क्षेत्रको हितका लागि काम गर्न चाहन्छ र बजेट पनि छ भनेपछि त मन्त्रालयले स्विकार्न पड्डयो नि। बोर्डले गरेका डिसिजनमा कमीकमजोरी छ भने सुधार्ने कुरा पो हुन्छ। रोक्ने काम त गर्नुभएन नि।
तपाईंहरुले दुबईमा गरेको फेस्टिभलको विरोध भयो। त्यो कार्यक्रम गर्नु ठीक थियो?
वार्षिक कायक्रममा परेकाले त्यो गर्नैपर्ने थियो। फेस्टिभल हामीले अन्य देशमा गर्न खोजको थियौ। तर, जम्मा ३० लाख रुपियाँ बजेट थियो। त्यति बजेटले अरु देशमा कलाकार लिएर गएर कार्यक्रम गर्न सकिने सम्भावना नै थिएन। करोड बढी खर्च हुने भएकाले हामीलाई एउटा पार्टनरको जरुरत थियो र सूर्य कर्पोरेसनको सहयोग लियौ। त्यहाँ फेस्टिभल गरेपछि पहिले कोही मान्छे समातेर टिकट बेच्नुपर्ने ठाउँमा अहिले सजिलै पब्लिक शो हुन थालेको छ। हामीले कसरी हुन्छ नयाँ मार्केट खोज्ने हो। अर्को कुरा वार्षिक कार्यक्रम नगर्नु भन्दा त गरेकै राम्रो हो।
बोर्डको सदस्यका नाताले तपाईंले के–के गर्नुभयो?
गर्नैपर्ने भनेको बक्स अफिसको काम थियो। बक्स अफिसको संयोजक भएर बक्स अफिस नजोडेको ठाउँमा जोड्न लगाइयो, बिग्रेको ठाउँमा बनाउन लगाइयो। अनुगमन गरियो, जसका कारण ट्याक्स पनि राम्रै उठेको छ। अब त झन् बक्स अफिस कलेक्सन सार्वजनिक गर्न थालिएको छ। यो गर्नैपर्ने काम थियो। किनभने एक करोड कलेक्सन नभएको फिल्मले पाँच करोड कलेक्सनको हल्ला चलाएर भ्रम छर्दा कतिपय नयाँ निर्माता लोभिएर फसेका छन्। पारदर्शिताको अभावमा सरकारले कर गुमाइरहेको थियो। मेरै कार्यकालमा विदेशी सिनेमाबाट आउने कलेक्सन दोब्बर भएको छ। कही चाहेर र कही नचाहेर चुहावट हुन्छ। त्यो कुरालाई थोरै भए पनि मल्हमपद्मि गरेर करेक्सन गरिएको छ।
भुवन केसी अध्यक्ष भएर आएपछि बोर्डमा विवाद चुलियो रे नि?
भुवन दाइको नाम र अनुहार बिक्ने भएर विवाद मच्चाइएको होला, तर गलत काम त केही गर्नुभएको छैन र कसैले पनि त्यहाँ गएर गलत काम गर्न सक्दैन। त्यसमाथि पनि त्यत्रो वर्ष इन्डस्टिझमा खम्बा भएर बस्या मान्छे? गलत गरे एक जनाले मात्र गर्दैन, टिमले नै गलत गर्ने हो। त्यो कार्यकालमा गलत भएको भने म पनि जिम्मेवार हो नि।
प्रतिक्रिया