नेपालमा एक कोरोना संक्रमितको मृत्यु

0
Shares

काठमाडौं  । 

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक नेपालीको ज्यान गएको छ ।  यस्तै नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २३८ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २२ तथा एन्टीजेन विधिबाट २९ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको भनाई छ । यही अवधिमा थप ३५ जना निको पनि भएका छन् ।

योसँगै पीसीआर विधिबाट सङ्क्रमण पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ३६१ पुगेको छ । यसमध्ये  हाल २७ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने ८ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।