चोरीको मोटरसाइकलसहित एकजना ट्राफिक प्रहरीको नियन्त्रणमा

0
Shares

काठमाडौँ। 

चोरीको मोटरसाइकल सहित काठमाडौँको तार्केश्‍वर- ५ लोलासङबाट एक जनालाई शुक्रबार  ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

खोटाङको बराहपोखरी गाउँपालिका ५ घर भई हाल काठमाडौँको सितापाइला बस्दै आएका २८ वर्षीय कुल बहादुर मगरलाई ट्राफिक प्रहरीले नियन्त्रणमा
लिएको हो ।

 तार्केश्‍वर नगरपालिका ३ बस्ने अर्जुन रेग्मीले गत चैत ५ गते काठमाडौँको चमतीबाट प्रदेश ३ (०२(०१० प ७४ १५ नम्बरको २ सय २० सि।सि।को पल्सर मोटरसाइकल हराएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।

वास्तविक नम्बर परिवर्तन गरी प्रदेश ३ (०२(००३ प १२ १६ राखी चलाइरहेको अवस्थामा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायताईकाइबाट खटिएको टोलीले मगरलाई मोटरसाइकल सहित फेला पारी लोलासङबाट आज बिहान नियन्त्रणमा लिएको हो ।

 नियन्त्रणमा आएका मगरलाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त बालाजु पठाइएको प्रहरीले जानकारी दिएको छ ।