किमको डुप्लिकेट क्रिस्टिनाको निधन

0
Shares

एजेन्सी ।

हलिउड मोडल किम कार्दाशियनको डुप्लिकेट क्रिस्टिना एश्टनको ३४ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ ।

किम जस्तै देखिने क्रिस्टिनालाई उनका साथीहरुले किमसँग तुलना गर्थे । उनले किमजस्तै देखिनका लागि कैयौं पटक प्लास्टिक सर्जरीसमेत गरेकी थिइन् । सर्जरीपछि उनी किम जस्तै देखिएकी थिइन् ।

क्रिस्टिनाका परिवारले उनको निधनको पुष्टि गरेको छ । उनको निधन अप्रिल २० मा भएको भए पनि परिवारले हालैमात्र त्यो खबर सार्वजनिक गरेका हुन् । किमजस्तै देखिनका लागि क्रिस्टिनले करिब ११ दशमलब १२ करोड रुपैंयाँ खर्च गरेकी थिइन् । यो खर्च उनले प्लास्टिक सर्जरीमा गरेकी थिइन् । यो सर्जरीपछि उनको शरीरमा छाला सम्बन्धी कैयौं समस्या देखिएको थियो ।