तेजाब रिमेकमा रणवीर आउट,कार्तिक इन

0
Shares

मुम्बई ।

सन् ९० को दशकको फिल्म ‘तेजाब’को रिमेक हुने भएको छ । सन् १९८८ मा रिलिज यो फिल्मको रिमेक भर्सनमा स्टारकास्ट परिवर्तन भएको छ । यसअघि फिल्ममा जाह्नवी कपूर र रणवीर सिंहको जोडी देखिने चर्चा चलिरहँदा अब फिल्ममा रणवीरको स्थानमा कार्तिक आर्यनको प्रवेश भएको छ ।

फिल्म ‘कबीर सिंह’का निर्माता मुराद खेतानीले सन् २०२१ मा फिल्मको रिमेक अधिकार लिएका थिए । उनी सुरुमा फिल्ममा कार्तिक र श्रद्धा कपुरलाई लिन इच्छुक थिए । तर, फिल्ममा माधुरी दिक्षित र अनिल कपुरको स्थान जाह्नवी र रणवीरले मात्र लिन सक्ने देखिएपछि प्रमुख कलाकार छनोटको काम सकिएको थियो । अहिले भने मुरादले रणवीरको स्थानमा कार्तिकलाई लिने निर्णय लिएका छन् ।

कार्तिकले यसअघि निर्माताहरुसँग ‘भूल भुलैया २’मा काम गरिसकेका छन् । त्यसकारण पनि निर्माताहरु कार्तिकको कामप्रति ढुक्क छन् । पछिल्लो समयमा कार्तिकको फिल्मले बक्सअफिसमा राम्रो व्यापार गरिरहेको छ । सोही कारण पनि कार्तिक निर्माताको नजरमा परिरहेका छन् ।

कार्तिकले ‘तेजाब रिमेक’का निर्मातासँग अर्को फिल्मका लागि कुराकानी गरिरहँदा निर्माताहरु रिमेकमै कार्तिकलाई अभिनय गराउन इच्छुक देखिएका छन् ।