कर्णाली प्रदेश सरकार : मुख्यमन्त्री शर्माले तेस्रोपटक विश्वासको मत लिँदै

0
Shares

सुर्खेत । गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रोपटक विश्वासको मत लिने भएका छन् ।

शुक्रबार अपरान्ह ३ बजे बस्ने कर्णाली प्रदेश सभाको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।

उनलाई नेपाली कांग्रेसले विश्वासको मत दिनेछ भने एमाले प्रमुख प्रतिपक्षी दलको रुपमा शुक्रबारदेखि औपचारिक रुपमा सदनमा उपस्थिति जनाउनेछ ।