फलामे छड बोकेको ट्याक्टरमा ठोक्किएर सैनिक जवानको मृत्यु

0
Shares

रौतहट ।

वीरगंज– कलैया सडकखण्डमा रड बोकेको ट्रयाक्टरको पछाडि ठोक्किदा एकजना सैनिक जवानको मृत्यु भएको छ।  वीरगन्जबाट रड बोकेर रौतहटको देवाहि गोनाही आउँदै गरेको ना ५ त ८२५० नम्बरको ट्याक्टरमा गएराती मोटसाइकल ठोक्किदा सवारी चालक सैनिक जवानको मृत्यु भएको हो ।

चितवनबाट आफ्नो घर फर्किने क्रममा कलैया उपमहानगरपालिका– १६ का राजनकुमार रामले चलाएको मोटरसाइकल बाराको सिसहनीया चौक नजिकै करिब ९ बजे ठोक्किएको थियो । प्रहरीका अनुसार टयाक्टरमा ठोक्किएका सैनिक जवान रामको शरिर भरी रड छिरेको छ ।

उनी चितवनस्थित नेपाली सेनाको ब्यारेकमा कार्यरत रहेको खुल्न आएको छ । सो घटना पछि मृतकलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल, कलैया पठाईएको तथा ट्याक्टर चालक रौतहट देवाहि गोनाही– ६ टिकुलियाका ३० वर्षिय रमेश तिवारीलाई नियन्त्रणमा लिईएको छ ।