एमालेका फरार सांसद कोइरी उद्योग समितिमा सिफारिस

0
Shares

काठमाडौं । संघीय संसद्का फरार सांसद लक्ष्मी महत्तो कोइरी उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सिफारिस भएका छन् ।

प्रमुख प्रतिपक्षी दल एमालेले संघीय संसद् सचिवालयमा बुझाएको विवरण अनुसार सांसद कोइरी उद्योग समितिमा सिफारिस भएका हुन् ।

सो सिफारिस अनुसार प्रतिनिधि सभाको बैठकले अब उनको नाम अनुमोदन गर्नेछ ।

मधेस आन्दोलन २ को क्रममा महोत्तरीमा कार्यरत असई थमन बिकको हत्यामा संलग्न भएको भन्दै उनलाइ सजाय सुनाएपछि कोइरी फरार रहेका छन् ।

तर, उनले संसद् सचिवालयमा पत्र लेखेर स्वास्थ्यका कारण देखाउँदै बैठकमा उपस्थित हुन नसकेको जनाउँदै आएका छन् ।