काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।
संघीय ससद भवन, बानेश्वरमा अपरान्ह १ः०० बजे सो बैठक बस्ने छ ।
यसअघि संसदीय सुनवाई समितिमा सदस्यहरु मनोनयन गर्ने, सत्य निरूपण तथा मेलमिलाप आयोगका लागि विशेष समिति गठन गर्ने तथा सबैधानिक परिषद्सबन्धी ऐन पारित गर्ने लगायतका कार्यसुची राखेर बैठक बोलाइएको थियो ।
तर, मुख्यतः संवैधानिक परिषद् ऐनमा प्रधानमन्त्रीलाई विशेषाधिकारसहित राखेर नयाँ प्रस्ताव ल्याएपछि प्रमुख प्रतिपक्ष दल एमालेले आपत्ति जनाउँदा सो विधेयक कार्यसूचीबाट हटन पुगेको थियो ।
यसअघि माथि उल्लेखित प्रमुख विषय नै समावेश नगरी बैठक बसेको थियो ।











प्रतिक्रिया