बलराम विश्वकर्मा लोकस्टार

0
Shares

हिमालय टेलिभिजनमा प्रसारण हुँदै आएको लोक गीतको रियालिटी हो हिमालय लोकस्टारको उपाधि बलराम विश्वकर्माले चुमेका छन्।

बुधबार राति राजधानीमो राष्ट्रिय सभागृहमा सम्पन्न अन्तिम प्रतियोगितामा उनले सो उपाधि चुमेका हुन्। विश्वकर्माले उपाधिका साथ १५ लाख रुपैयाँ नगदसहित अन्य पुरस्कार प्राप्त गरेका छन्।

प्रतियोगितामा पीएन साइलाले फस्ट रनर्सअपका साथ तीन लाख रुपैयाँ नगद प्राप्त गरे गरे भने सन्तोष क्षेत्रीले सेकेन्ड रनर्सअप भई दुई लाख रुपैयाँ प्राप्त गरे। प्रतियोगिताको अन्तिम स्पर्धामा दर्शक भोटका आधारमा विजेता चयन गरिएको हो। मुख्य उपाधिका लागि आधा दर्जन स्पर्धीबीच भिडन्त भएको थियो। अन्तिम स्पर्धाको कार्यक्रममा इन्द्रेणी समूहसहित प्रतियोगिताका निर्णायक राजु परियार, रामजी खाँण र कुलेन्द्र विश्वकर्माले सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए। कार्यक्रममा हिमालय टेलिभिजनको आगामी रियालिटी शो हिमालय रोडिजको नयाँ संस्करण आयोजना गर्ने घोषणा गरिएको थियो।