काठमाडौं । वागमती प्रदेशको चालु अधिवेशन बुधबार राति १२ बजेदेखि अन्त्य भएको छ ।
वागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरेका हुन् ।
प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताका अनुसार प्रदेश प्रमुख सचिवालयबाट बैठक अन्त्य भएको सूचना प्रदेश सभामा प्राप्त भएको जानकारी दिएका छन् ।
सो प्रदेश सभा प्रथम बैठक गत पुस १८ गतेदेखि शुरु भएको थियो ।
प्रतिक्रिया