गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

0
Shares

गुल्मी । गुल्मीमा जीप दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ ।

मालिका गाउँपालिका– २ मा लु १ च ९९११ नम्बरको जीप गए राति खाल्टुङ्ग खोलामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार सो जीपका सहचालक बाग्लुङ बडिगाड गाउँपालिका–९ का १८ वर्षका किशोर केसीको मृत्यु भएको हो ।

सो दुर्घटनामा घाइते जीप चालक प्रेम बहादुर केसीको भने लुम्बिनी मेडिकल कलेज, पाल्पामा उपचार भइरहेको छ ।

पण्डेका अनुसार मालिका गाउँपालिका दर्लिङ्गबाट बाग्लुङ बडिगाड गाउँपालिकाको भीमगिठेका लागि उक्त् जीप सवार थियो । ब्रेक फेल हुँदा दुर्घटना भएको बुझिएको छ ।