फोटो पत्रकारद्वय कुवेर डंगोल र नरेन्द्र श्रेष्ठद्वारा खिचिएका पाटनकी पूर्वकुमारी (जीवित देवी) समिता बज्रचार्यको जीवनयात्रा दर्शाउने फोटो प्रदर्शनी ललितपुरमा सुरु भएको छ।
२०६७ सालदेखि २०७१ सालको अवधिमा पाटनमा जीवित देवी कुमारीका रुपमा पुजिएकी बज्राचार्यको कुमारी घर प्रवेशदेखि बाहिर निस्किएपछि सौन्दर्य प्रतियोगिता मिस नेसनलसम्मको जीवनीलाई तस्वीरमा उतारेर प्रदर्शनी गरिएको प्रदर्शनी संयोजक तथा फोटोग्राफर कुवेर डंगोलले जानकारी गराए। पाटन संग्रहालयमा मंगलबार सुरु भएको प्रदर्शनीको एक समारोहबीच ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले शुभारम्भ गरेका थिए। कुमारीले पाउने सेवा सुविधा बढाउन रातो पुस्तिकामै उल्लेख गरी संस्थागत गर्नेछु। उहाँहरु हाम्रो जीवित देवी भएकाले पनि हाम्रो यो दायित्व हो, अध्यक्ष महर्जनले भने ञयस किसिमको प्रदर्शनीले कुमारीको जीवनीलाई मद्दत गर्छ। हामी यसलाई प्रवद्र्धन गर्न हामी तत्पर छौ।

तस्वीर खिच्दै जाँदा फोटो प्रदर्शनीसम्मको योजना बनेको फोटोग्राफर डंगोलले बताए। ञतस्वीर खिच्ने क्रममा यो योजना बनेको हो। उहाँको जीवनी कुमारी घरभन्दा बाहिर कस्तो हुन्छ भन्ने जिज्ञासा भएर त्यसलाई तस्वीरमार्फत देखाउने योजना बनेको हो, संयोजक डंगोलले भने मसँग कुमारी घरबाट निस्किएपछिको तस्वीर थियो। उहाँको अगाडिको जीवनी झल्किने तस्वीर फोटो पत्रकार नरेन्द्र श्रेष्ठसँग भएकाले सहकार्य गरेर प्रदर्शनीको आयोजना गरिएको हो।
कराओके इन्टरटेनमेन्टको आयोजनामा सुरु भएको प्रदर्शनी वैशाख १९ गतेसम्म चल्नेछ। पूर्वकुमारी बज्राचार्यले प्रदर्शनीमा राखिएका तस्वीरले आप्mनो बाल्यकालदेखि हालसम्मको जीवनी प्रस्ट्याउने जानकारी दिइन्। पूर्व कुमारीको सेवा सुविधासँगै कुमारीले पाउँदै आएको पूजाको रकममा वृद्धि गरिनुपर्छ। कुमारी बाहिर निस्किएपछि गर्ने काम तस्वीरले देखाएको छ। हामीले महिला सशक्तीकरणका लागि गरिरहेको गतिविधिसँगै संस्कृति र सम्पदा संरक्षणमा निर्वाह गरेको भूमिकालाई सहजै प्रदर्शनीमार्फत बन्नुहुनेछ, पूर्वकुमारी बज्राचार्यले भनिन्। प्रदर्शनीमा उनीसँग सम्बन्धित ४३ तस्वीर छन्।











प्रतिक्रिया