मृत्यु, घाम र जुन सार्वजनिक

0
Shares

गायक अमृत आचार्य (माइला गुरु) को गीत मृत्यु घाम र जुन हालै सार्वजनिक भएको छ।

अमृत आचार्य युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा अमृतकै लय, शब्द, संगीत र स्वर रहेको छ भने उनलाई कोरस गायनमा प्रेमा राना मगर रुपी सिंजाली मगरले साथ दिएका छन्।

गीतले संसारका अन्य कुरा झुठा भए पनि मृत्यु घाम र जुन चाहिँ सत्य रहेको भाव दर्शाएको छ। उनले प्रस्तुत गीत हिन्दू धर्मशास्त्रअनुसार कलियुगमा मानिसले गर्ने क्रियाकलापमा आधारित रहेको बताए। गीतमाथि बनेको भिडियोमा कलाकारहरु राजकुमार खनाल, शिभागीं अधिकारी र सविता कार्कीले अभिनय गरेका छन्। अशोक कुमार सापकोटाले निर्देशन गरेको भिडियो मुकेश हुमागाईं र सन्तोष तिमल्सिनाले छायांकन तथा रोशन गाहा मगरले सम्पादन गरेका छन्।