रुस भ्रमण ऐतिहासिक रूपमा उपलब्धिपूर्ण भयो : अध्यक्ष तिमिल्सिना 

0
Shares

काठमाडौं ।

समझदारी पत्रमा हस्ताक्षर मात्रै होइन सहुलियतदरमा मल र गहुँ आयातका लागि पनि मार्ग प्रशस्त भयो

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो नेतृत्वमा रसियामा ऐतिहासिक रूपमा उपलब्धिपूर्ण भएको बताउनुभएको छ ।

रुसको उपल्लो सदन संघीय सभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना  मात्भिएन्काको निमन्त्रणमा भएको  रुसको औपचारिक भ्रमण पुरा गरि स्वदेश फर्कने क्रममा त्रिभुवन विमानस्थलमा भएको पत्रकार सम्मेलनमा रुससँग अन्तर व्यवस्थापिका सहयोग आदानप्रदानका साथै आपसी सहयोग वृद्धिका लागि भ्रमण महत्त्वपूर्ण भएको बताउनुभएको हो ।

भ्रमणका क्रममा रुसको उपल्लो सदन र राष्ट्रियसभाका बिचमा अन्तर–संसदीय सहयोगलाई प्रवर्धन गर्ने लगायतका विषयमा समझदारी पत्रमा  हस्ताक्षर भएको उहाँले बताउनुभयो ।

  राष्ट्रियसभा र फेडेरेसन काउन्सिलका बिचमा भएको समझदारी पत्रमा नेपाल र रुसी महासंघबीच अन्तर–संसदीय सहयोगलाई प्रवर्धन गर्ने तथा प्रतिनिधिमण्डलको भ्रमण आदानप्रदान गरी सांसद, समिति, आयोग र कार्यालयबिच निकट अन्तरक्रिया मार्फत अन्तर–संसदीय सम्बन्धलाई सुदृढ गर्ने उल्लेख छ ।

यस्तै आधुनिक डिजिटल प्रविधिको प्रयोग गरी संसदीय गतिविधि, आधिकारिक प्रकाशन, र आपसी चासोका अन्य दस्तावेजहरुको सूचना आदानप्रदान गर्दै संसदीय गतिविधिहरु, संसदीय गतिविधिको डिजिटाइजेशन, र सभा, समिति तथा आयोगहरूका कार्यमा सूचना तथा सञ्चार प्रविधिको उपयोगमा अनुभव आदानप्रदान गर्ने समझदारी पत्रमा उल्लेख छ ।

समझदारी पत्रमा अन्तर–व्यवस्थापिका संघ लगायत त्यस्ता अन्तर्राष्ट्रिय संसदीय मञ्चहरुमा सहकार्य विकास गर्दै जाने र संसदीय मैत्री समूह गठन गर्ने समेत उल्लेख छ ।

अध्यक्ष तिमिल्सिनाले  नेपाल सरकारले चाहेको अवस्थामा जिटुजी मार्फत रुसबाट रासायनिक मल र गहुँत आयात गर्न चाहेको तथा विगतमा रोकिएको नेपाल र रुस सिधा हवाई उडान पुनः सुरु गर्न आवश्यक प्रक्रिया अगाडी बढाउन रुस तयार रहेको जानकारी पनि दिनुभयो ।

रुसको सहयोगमा बनेको कान्तिबाल अस्पतालको क्षमता बिरुतारका लागि पनि रुसले साँचो दिएको छ  भने नेपालका स्थानीय तह र रुसका स्थानीय तहका बिचमा पनि मितेरी सम्बन्ध बिस्तार गर्ने सहमति भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो ।
रुसले यो भ्रमणलाई अहिले सम्मकै उच्च महत्त्व दिएको थियो ।