झापामा काठ निकासी तीव्र

0
Shares

भद्रपुर ।

झापा मेचीनगर २ बाट ट्याक्टरमा लोड गरिएको अवस्थामा अवैध गोलिया प्रहरीले नियन्त्रणमा लियो ।

सुकेनिन्दा खोला किनारबाट ट्याक्टरसहित नियन्त्रणमा लिइएको उक्त अवैध गोलिया प्रहरीले डिभिजन वन कार्यालयमा बुझायो ।

त्यसको केहीदिन पछि फेरी मेचीनगर ८ को दुर्गा मन्दिरबाट प्रहरीले सखुवाको काठसहित पिक अप भ्यान नै नियन्त्रणमा लियो । सुपारीको सुकेको पत्ता ल्याएर आउँदै गरेको पिकअपलाई चेक गर्दा त्यहाँ सखुवा जातका चिरान काठ फेला परेको थियो । अर्थात् तस्करहरूले सखुवा काठको ढुवानी गर्दा विभिन्न उपायहरू अपनाउँछन् भन्ने यस घट्नाले पनि पुष्टि गरेको छ ।

तर, यी सबै घट्नाहरु हुँदा हुँदै पनि उत्तरी मेचीनगरबाट ट्याक्टरका ट्याक्टर गोलिया ल्याउने क्रम भने रोकिएको छैन । दैनिक जसो नै ट्याक्टरमा लोड गरि विभिन्न जातका गोलिया भृकुटी इँटा भट्टा हुँदै अन्यत्र गइरहेको देखिन्छ । मंगलबार बिहान मात्रै गोलिया लोड गरिएका दुई वटा ट्याक्टर उत्तरी मेचीनगरबाट दक्षिण आएका थिए ।

लोड गरिएका गोलिया कुन जातका हुन् ? कहाँ बाट कहाँ लगिदैछ ? वैद्य हुन कि अवैध ? अनुगमन, नियमन गर्ने निकाय मौन छ । उत्तरी मेचीनगरबाट ट्याक्टरका ट्याक्टर गोलिया आइरहँदा समेत नियमनकारी निकायले खासै चासो नदेखाएको उत्तरी मेचीनगरकै एक जना स्थानीयले भन्नुभयो ।

‘गोलिया दैनिक जसो ट्याक्टरमा आउँछ, कहाँ लगेको हो ? कहाँबाट ल्याएको हो ? कुनै टुंगो छैन ।’ ती स्थानीय भन्नहुन्छ ‘उत्तरी क्षेत्रबाट ल्याएको भन्ने सुनिएको छ, तर कहाँबाट हो थाहा छैन ।’

यस विषयमा बुझ्दा इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक भारतीले अवैध काठ ढुवानी हुने क्रमलाई मध्यनजर गर्दै चेकजाँच गरिरहेको बताउनुहुन्छ । केही समय अघि मात्रै पनि अवैध गोलिया नियन्त्रणमा लिएर वनमा बुझाएका छौँ, चेकजाँच निरन्तर गरिरहेका छौँ ।’

उहाँ भन्नहुन्छ अवैध काठ ढुवानी हुने आशंकाका साथ हामी सक्रिय रहेको उहाँको भनाइ छ ।’ यसै गरी उत्तरी मेचीनगरकै एक जना स्थानीयको भनाई अनुसार यसरी ट्याक्टरमा लोड भएर आउने गोलिया पलाई फ्याक्ट्री, लगायत विभिन्न कारखानामा लगिने गरेको छ । ‘निजी आवाधीका रुखहरू काटेर ट्याक्टरमा लगिने गरेको छ ।’ ती स्थानीय नागरिक भन्नुहुन्छ ‘भेनियर, पलाई फ्याक्ट्रीमा लाने गरेको भनेर सुनिन्छ ।’

दैनिक जसो नै रुख काटेर ढुवानी भइरहेकाले यसले वातावरणमा समेत असर पर्ने भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ । डिभिजन वनबाट पत्र तयारी गर ल्याइएका बाहेक अन्य ट्याक्टरलाई नियन्त्रणमा लिँदै आइरहेको  डिभिजन वन प्रमुख मेघराज राई बताउनुहुन्छ । बढी मात्रमा निजी वनका काठ हुने गरेको उहाँको भनाइ छ ।