प्रधानसेनापतिद्वारा सेना प्रमुख सुवेदारलाई दज्र्यानी चिन्ह प्रदान

0
Shares

काठमाडौँ ।

प्रधान सेनापति प्रभुराम शर्माले सेना प्रमुख सुवेदारमा पदोन्नति भएका रत्नबहादुर थापा मगरलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको छ ।

सेनामा एक मात्र रिक्त रहेको उक्त पदमा बढुवा हुनुभएका मगरलाई आज जङ्गी अड्डामा आयोजित कार्यक्रममा दज्र्यानी चिन्ह प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उहाँलाई प्रधान सेनापतिको कार्यालयमा पदस्थापन गरिएको छ ।

सेनाका विभिन्न युनिट तथा सव युनिट मध्येबाट योग्यताका आधारमा छनौट गर्ने प्रावधान अनुरुप दुर्गाभञ्‍जन गुल्मबाट उहाँको छनौट भएको हो । प्रमुख सुवेदार मगर विस २०५७ भदौ १ गते सेनामा प्रवेश गर्नु भएको हो । उहाँको कार्यकाल तीन बर्षको हुनेछ ।

सैनिक संगठनमा माथिल्ला तहका अधिकृतसँग समन्वय तथा पदिक वा सो मुनीको दर्जाको खटन पटन र परिचालनमा प्रमुख सुवेदार तथा सुवेदारको महत्वपूर्ण जिम्मेवरी हुन्छ ।