बारा-२ मा उपेन्द्र यादवको फराकिलो मतान्तर कायमै

0
Shares

काठमाडौं । बारा–२ मा जसपा अध्यक्ष उपेन्द्र यादवको फराकिलो मतान्तर कायमै छ ।

मंगलबार विहानको मतपरिणाम अनुसार यादवले ९८७० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ६७७१ मत प्राप्त गरेका छन् ।

त्यस्तै एमालेका पुरुषोत्तम पौडेलले ३७०० मत प्राप्त गरि तेस्रो स्थानमा छन् । रास्वपाका उम्मेदवार रमेश खरेल भने चौथो स्थानमा छन् । उनले ११७४ मत प्राप्त गरेका छन् ।