गण्डकीमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने

0
Shares

कास्की ।

गण्डकी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भएको छ । नेपाली कांग्रेस संसदीय दलको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेपछि गण्डकीमा कांग्रेसको नेतृत्वका सरकार बन्ने पक्कापक्की भएको हो ।

अहिले २ प्रदेशमा माओवादीले सरकारको नेतृत्व गरिहेकाले गण्डकी र लुम्बिनीमा कांग्रेसले नेतृत्व गर्ने सहमति भएको हो । यी दुवै प्रदेशमा संविधानको धारा १६८ को २ अनुसार सरकार बन्ने भएको छ । धारा ३ मा जाँदा लुम्बिनीमा अप्ठेरो पर्ने र १ महिनाका लागि भए पनि एमाले नेतृत्वमा सरकार बन्ने भएपछि गण्डकीमा २ अनुसार नै जाने सहमति प्रचण्ड र देउवाबीच भएको छ ।

अब प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेपछि दलहरु दाबी गर्न जानेछन् ।

गण्डकी प्रदेशमा माओवादीले दाबी गरेपछि कांग्रेसका सबै सांसद सोमबार बिहान काठमाडौं पुगेका थिए ।