जिपको ठक्करबाट धनगढीमा एक जना घाइते

0
Shares

धनगढी  ।  

कैलालीको धनगढीमा जिपको ठक्करबाट एक जना घाइते भएका छन् ।

सोमबार मोहनापुल–अत्तरिया ६ लेन सडकस्थित भाटभटेनी नजिकै जिपले साइकललाई ठक्कर दिँदा साइकलमा सवार चुडामणी न्यौपाने घाइते भएका हुन् ।

से १ च ६८५ नम्बरको जिपले ठक्कर दिदा साइकलमा सवार ४२ वर्षीय न्यौपाने घाइते भएको कैलाली प्रहरीले बताएको छ । ठक्कर दिने जिप चालक धनगढीका २४ वर्षीय रामबहादुर रानालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घाइते न्यौपानेको अहिले माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।