कंगनाविरुद्ध प्रदर्शन



बलिउड अभिनेत्री कंगना रनावतविरुद्ध बौद्ध धर्म तथा बौद्धधर्म गुरु दलाई लामाका समर्थक प्रदर्शनमा उत्रिएका छन्।

केही दिनअघि कंगनाले बौद्धधर्मका गुरु दलाई लामा र अमेरिकी राष्टझपति जो बाइडेनको एक एडिट मिम सेयर गरेकी थिइन्। जसमा उनीहरु एक अर्कालाई चुम्बन गर्न लागेको जस्तो देखिन्छ। फोटोमा लामा आफ्नो जिब्रो बाहिर निकालिरहेका देखिन्छन्।

उक्त तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्दैै कंगनाले लेखेकी छिन् दुवैमा एकै बिरामी छ। यस कारण खुबैको दोस्ती हुन सक्छ।

कंगनाले सामाजिक सञ्जालमार्पmत यस्तो अभिव्यक्ति दिएपछि बौद्ध धर्म तथा धर्म गुरुको अपमान गरेको भन्दै उनीहरु उनको कार्यालयबाहिर विरोध तथा प्रदर्शनमा उत्रिएका हुन्। कंगनाले भने सामाजिक सञ्जालमार्फत नै जवाफ दिँदै आफूमा बौद्ध धर्मप्रति अस्था र दलाई लामाप्रति सम्मान भएकाले आफूले बौद्ध धर्मको अपमान नगरेको बताएकी छन्। साथै, जो बाइडेन र लामाप्रति गरिएको सानो मजाक मात्र भएको र बुद्धको सन्देशमा आफूले विश्वास गर्ने भएकाले कडा घाममा आफ्नो कार्यालयबाहिर नबस्न प्रदर्शनकर्तालाई आग्रह गरेकी छन्।

केही दिनअघि दलाई लामाले एक बालकलाई लिपकिस गरेको भिडियो बाहिरिएपछि मानिसहरुले लामाको विरोध गरेका थिए भने धेरैले मिम बनाएका थिए। तर, कंगनाले पोस्ट गरेको मिमको भने धेरैले आलोचना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्