बुटवलबाट अमध्यमले ल्यायो वैंशालु भिडियो

0
Shares

बुटवलको सांगीतिक समूह अमध्यमले दोस्रो गीत वैंशालुको भिडियो सार्वजनिक गरेको छ।

नयाँ वर्ष २०८० को अवसर पारेर ब्यान्डले दोस्रो गीत दर्शकमाझ ल्याएको हो। अधवन नेटवर्कले निर्माण गरेको गीतमा सुजल रानाको स्वर, सिओन जिओनको गीतार, ओम शंकर श्रेष्ठ र अमध्यम ब्यान्डको शब्द रचना, विजय विश्वकर्माको बेस गितार, सेठ सुनार र कमल कार्कीको डझम तथा सन्ध्या रसाइलीको ब्याक भोकल छ।

द नेक्स्ट लेभल प्रोडक्सन टिमले तयार पारेको भिडियोमा यशोदा क्षेत्री, अभिषेक गैरी, सबनम काफ्ले, सम्मन शर्मा, सबिना क्षेत्री, ओरियल थापा, तारा केसी, बिमा थापा मगर, अर्जुन कार्की, सोम गुरुङ, सिशान्त पाण्डे, अंकित राना, उत्सव मगर, निश्चल कालिराज र बब (पब द डग) फिचर्ड छन्। भिडियोमा आकाश धिमाल र रमेश रिजालको निर्देशन, आकाश धिमालको छायांकन, सम्पादन र कलर, रमेश रिजालको कथा तथा अस्बिन केसीको कथा सिर्जना रहेको छ।

ब्यान्डमा भोकलमा सुजल राना, ड्रमरमा कमल कार्की, गितारमा सिओन जिओन र बासिस्टमा विजय विश्वकर्मा छन्। यो ब्यान्ड बुटवलका अशोक थापाले सन् २०१६ स्थापना गरेका हुन्। वैकल्पिक फोक रक ब्यान्डका रुपमा स्थापित ब्यान्डले सन् २०२१ एलबम लक्ष्यमा रहेको चाचाहुइ बोलको गीतको भिडियो सार्वजनिक गरेको थियो।