चितवनको मतणनामा रोक लगाउने कांग्रेसको अडान

0
Shares

चितवन । चितवन–२ को मतगणनाका लागि सर्वदलीय बैठक सुरु भएको छ । चितवनका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यका अनुसार सर्वदलीय बैठकमा सहमति जुटाएर मतगणना सुरु गरिनेछ ।

यसअघि आइतबार साँझ बस्ने भनिएको सर्वदलीय बैठक कांग्रेसका कारण बस्न सकेको थिएन । प्रमुख जिल्ला अधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेविरुद्ध परेको उजुरीको निर्णय नगरी मतगणनामा नबस्ने कांग्रेसले अडानका कारण मतगणना हुन सकेको थिएन ।

आज कांग्रेसको अडानलाई सम्वोधन गरेर मतगणना प्रारम्भ गरिने जनाईएको छ । यद्यपि कांग्रेसले रविको मुद्दाको छिनोफानो नभएसम्म मतगणना गर्न नदिने अडान छोडेको छैन ।