बारा । हिजो हुन नसकेको बारा–२ को मतगणनाका लागि सर्वदलीय बैठक सम्पन्न भएको छ ।
हावाहुरी बतासका कारण हिजो बैठक हुन सकेको थिएन । हिजो हुन नसकेको बैठक आज बसेको हो ।
सर्वदलीय बैठकमा सहमति कायम गरेर एकछिनमा मतगणना शुरु गर्ने तयारी भएकाो छ ।
मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार सर्वदलीय बैठक सकिएलगत्तै मत गणना शुरु हुनेछ ।
बारा–२ मा एमालेका पुरुषोत्तम पौडेल, जनता समाजवादी पार्टी नेपालका उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्र कुशवाह र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल मुख्य प्रतिस्पर्धी मानिएका छन् ।











प्रतिक्रिया