काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा फैसलाको अन्तिम सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौंमा दर्ता भएको मुद्दाको अन्तिम सुनुवाइ सोमबार हुने भएको हो ।
गत बुधबार किशोरीको मेडिकल गर्ने डाक्टर र एक क्रिकेटरको बकपत्र गराइसकिएको छ । यससँगै मुद्दा फैसलाका लागि सोमबार अन्तिम सुनुवाइ गरिने भएको हो ।
एक किशोरीले सन्दीपविरुद्ध बलात्कार अभियोगमा गत भदौ २१ गते गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । असोज २० गते स्वदेश फर्किएपछि सन्दीपलाई थुनामा राखेर प्रहरीले मुद्दाको अनुसन्धान गरेको थियो ।











प्रतिक्रिया