चितवन ।
नेपाली काँग्रेसले चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी र प्रमुख जिल्ला अधिकारीले निर्वाचन आचारसंहिता उलङ्घन गरेको भन्दै उजुरी गरेको छ ।
नेपाली काँग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठका प्रतिनिधि ध्रुव पोखरेलले चितवनका प्रजिअ र लामिछानेको विरुद्धमा उजुरी दिएको हो ।
निर्वाचन प्रक्रिया सुरु भए पछि सामाजिक सञ्जाल र अनलाइन मिडियावाट लामिछानेले मत मागेको, विभिन्न मतदान केन्द्रमा गएर लामिछानेले हुल हुज्जत गरेको, प्रजिअको निर्देशनमा एकपक्षीय रुपमा लाठी चार्ज गरेर भयभित बनाएको, नयाँ किरण माबि भोजाडस्थितत मतदानस्थलमा असहजस्थितित बनाएको भन्दै काँग्रेसले उजुरी गरेको हो ।












प्रतिक्रिया