गार्मेन्ट उद्योगमा आगलागी हुँदा एक जना बेपत्ता

0
Shares

काठमाडौं ।

कलंकीस्थित बजरंग गार्मेन्ट उद्योगमा आगलागीमा परेर एक जना बेपत्ता भएका छन् । शुक्रबार राति गार्मेन्टमा सवारी चालकका रुपमा काम गर्ने दोलखाको भीमेश्वरका भूपेन्द्र बस्नेत बेपत्ता भएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी सिताराम रिजाल  बताएका छन् ।

मकवानपुरका २७ वर्षीय निश्चल अग्रवालले चलाएको गार्मेन्टमा भएको आगलागीमा गार्मेन्टका उपकरण, लत्तापकडा लागयत जलेर नष्ट भएको थियो ।

‘डोजरले आगलागी भएको स्थानमा खोजी गर्ने क्रममा खुट्टा र शरीरको केही अंग फेला परेको एसपी रिजाल जानकारी दिएका छन् । क्षतिको विवरण प्रहरीले संकलन गरिरहेको छ ।