दाङ बालिका बलात्कार आराेपमा एक युवक पक्राउ

0
Shares

दाङ ।

दाङमा ९ वर्षीया एक बालिकालाई बलात्कार गरेकाे आराेपमा २१ वर्षीय एक युवकलाई पक्राउ गरिएकाे छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१ बाहुनटाढी बस्ने राम नेपाली हुन्  ।

प्रहरीका अनुसार बालिकालाई ललाई फकाई गरि सोही ठाउँको खरबारीमा लगेर रामले जबरजस्ती करणी गरेको हो । रामलाई जिल्ला प्रहरी कार्याल दाङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो  ।