पाल्पाको जोरधारामा बस दुर्घटना, क्षतिको विवरण आउन बाँकी

0
Shares

पाल्पा । जिल्लाको जोरधारमा बस दुर्घटना भएको छ । तिनाउ गाउँपालिका–५ स्थित जोरधारामा बस दुर्घटना भएको हो ।

बुटवलबाट पाल्पातर्फ जाँदै गरेको बस जोरधारामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घटनास्थलमा सुरक्षाकर्मीको टोलीले एम्बुलेन्समार्फत ९ जनालाई उद्दार गरेर अस्पतालतर्फ पठाएको छ ।

क्षतिको विवरण भने आउन बाँकी छ ।