१० वर्षपछि अस्ट्रेलियामा गुञ्जियो मंगोलियन हार्ट



लोकप्रिय सांगीतिक समूह मंगोलियन हार्ट १० वर्ष लामो समयको अन्तरालपछि पुनः अस्टझेलियामा गुञ्जिएको छ।

१० वर्षपछि अस्टझेलियाको सांगीतिक यात्रामा हिँडेको मंगोलियन हार्टले त्यहाँका पाँच स्थानमा कन्सर्ट सम्पन्न गरेको छ। ब्यान्डले पूर्वनिर्धारित तालिकाअनुसार मेल्बर्नबाट सांगीतिक यात्रा शुरु गरी ब्रिस्बेन, सिड्नी, केन्बेरा र डार्बिनमा कन्सर्ट सम्पन्न गरेको हो। पाँचै स्थानमा दर्शकको चापाचाप भीड लागेको व्यान्डले अस्ट्रेलियाबाटै जानकारी गराएको छ।

ती कन्सर्टमा ब्यान्डका फ्रन्ट म्यान राजु लामाले चर्चित गीत मेरो नेपालबाट प्रस्तुति शुरु गर्दै बादलपारीको देशबाट, म माया लाउँदिन, हल्ला चलेछ, तिमीलाई देखेर, पर्खाइमा, सायद तिम्रो बाटोमाजस्ता ब्यान्डका चर्चित गीत गाउँदा माहोल तातेको थियो। पाँचै स्थानमा दर्शक प्रस्तुतिमा झुम्मिएका थिए, १० वर्षपछि फर्कदा पनि अस्ट्रेलियामा माया घटेको रहेनछ, झन् बढेको पाइयो, ब्यान्डका म्यानेजर एवम् गितारिस्ट बबी लामाले जानकारी गराए।

लामाका अनुसार अब तीन स्थानमा कन्सर्ट बाँकी छ। आज आइतबार पर्थमा कन्सर्ट भएपछि २९ मा होबर्ट हुँदै ३० तारिखमा एडलेडमा पुगेर मंगोलियन हार्टको यसपालिको सांगीतिक यात्रा टुंगिनेछ।

गायक राजु लामा ३० वर्षअघि सन् १९९२ मा स्थापना भएको यही ब्यान्डबाट चर्चामा आएका थिए। लोक, स्लो रक, पप मेलोडी संगीतका लागि मन पराइएको ब्यान्डको रिदम गीतारमा बबी लामा, डझममा सन्तोष थापा मगर, लिड गितारमा किरन नगरकोटी, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन्। ब्यान्ड यात्रा ३० वर्ष पुगेको अवसरमा अस्ट्रेलिया टुर गर्न पाउँदा उत्साहित छन्, ब्यान्डका फ्रन्ट म्यान गायक राजु लामा १० वर्षपछि ज्यो ज्यो मंगोलियन हार्टसहित आउँदा अस्टझेलियाबाट पाएको प्रेमले म दंग छु। धेरैको आग्रह छ, अब अर्को टुर यति लामो ग्यापमा गर्नु हुँदैन, गायक लामाले भने।

प्रतिक्रिया दिनुहोस्