मिस एन्ड मिस्टर नेसनलका लागि छानिए २४ स्पर्धी

0
Shares

मिस एन्ड मिस्टर नेसनल नेपाल २०२३ का लागि १२ युवा र १२ युवती छानिएका छन्। पोखरा, धनगढी, इटहरी, काठमाडौंलगायतका स्थानमा भएका अडिसनबाट फाइनलका लागि २४ प्रतियोगी छानिएका हुन्।

१८ वर्षदेखि ३२ वर्षसम्मका युवती र १९ देखि ३४ वर्षसम्मका युवाको सहभागिता रहेको अडिसनको छनोट चरणमा डा. सन्तोष उपाध्यय, प्रशान्त ताम्राकार, प्रिया सिग्देल, सनिसा श्रेष्ठ, डा. केशु खड्का, पुष्कर ओझा, डा. प्रमोद जोशी, सुनील थपलिया, उज्ज्वल जोशीलगायत निर्णायक रहेका थिए। सनुर्बी इन्टरनेसनलको आयोजनामा हुने प्रतियोगितामा ट्यालेन्ट, स्विमर, टप मोडल, फिटनेस, सोसल कोर्ष, सास सेरोमनीलगायतका राउन्ड हुनेछ। ट्यालेन्ट, स्विमर, टप मोडल राउन्डमा दर्शकले समेत सहभागिता जनाउन पाउनेछन्।

प्रशान्त ताम्राकारको कोरियोग्राफी रहने प्रतियोगितामा अन्तर्राष्ट्रिय अतिथिको पनि सहभागी रहनेछ। फाइनल प्रतिस्पर्धीले २५ दिनको विभिन्न प्रशिक्षण प्राप्त गर्नेछन्। प्रतियोगितामा दुई पुरुष र दुई महिला गरी चार विजेता छानिनेछन्। जसमध्ये पुरुष विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस्टर सुपरन्यासनल र मिस्टर इन्टरनेसनलमा सहभागिता जनाउन पाउनेछन् भने महिला विजेताले मिस सुपरन्यासनल र मिस ग्लोबमा सहभागीको अवसर प्राप्त गर्नेछन्।