बालिकाको खोलामा डुबेर मृत्यु

0
Shares

दाङ । तुलसीपुर उपमहानगरपालिका-१७ वनकट्टी बस्ने तिल बहादुर रावतकी छोरी १४ वर्षीया चेतना रावतको सोही ठाउँस्थित संग्राम खोला र हापुर खोलाको दोभानमा डुबेर बिहीबार दिउँसो मृत्यु भएको छ ।

नुहाउने क्रममा डुबेर अशक्त भएकी उनको उद्दार गरी

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।