अवैध लागूऔषधसहित पक्राउ

0
Shares

काठमाडौं ।  कैलाली, टीकापुर नगरपालिका-१ ब्लक नम्बर सि जमारा टोल बस्ने ४० वर्षीया धना तिवारीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय मिलिग्रामसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनको घरबाट उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

धादिङ, गल्छी गाउँपालिका-७ गल्छी बस्ने २२ वर्षीय राज कुमार तामाङलाई अवैध लागूऔषध गाँजा ३ केजीसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी गल्छीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।