महानगरको फोहोर १५ दिनपछि फाल्न नदिने चेतावनी

14
Shares

काठमाडौं । बञ्चरेडाँडा र सिसडोलबासीसँग गरेको सम्झौता कार्यान्वयन नगरेको आरोप लगाउँदै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेंशी नगरपालिकाले १५ दिनको अल्टिमेटम दिएको छ ।

दुई स्थानीय तहले बुधबार संयुक्त विज्ञप्ति जारी गरी आफूहरूको ६ बँुदे माग पूरा नगरे १५ दिनपछि फोहोर फ्याँक्न नदिने चेतावनी दिएका छन् ।

काठमाडौं महानगरपालिकाले शीतल निवास, सिंहदरबार र वालुवाटारको फोहोर नउठाइरहेको बेला दुई स्थानीय तहले कामपालाई ऊर्जा मिल्नेगरी आन्दोलन गर्ने चेतावनी दिएको हो । हाल उपत्यकाका काठमाडौं र ललितपुर महानगरसहित १८ स्थानीय तहको फोहोर बञ्चरेडाँडा ल्यान्डफिल साईटमा विसर्जन हुने गरेको छ ।

दुई स्थानीयले जारी गरेको संयुक्त विज्ञप्तिमा २०७९ जेठ २३ गते नेपाल सरकार, शहरी विकास मन्त्रालय, कामपा, धुनिवेंशी नगरपालिका र ककनी गाउँपालिकाका सरोकारवालाहरूबीच र जेठ २६ गते कामपा, धुनिवेंशी नगरपालिका र ककनी गाउँपालिकाको प्रभावित क्षेत्रका वडाध्यक्षहरूबीच भएको सम्झौता कार्यान्वयन नभएकाले ती सम्झौता तत्कालै कार्यान्वयनमा ल्याउन आग्रह गर्दै अन्यथा आन्दोलन गर्ने चेतावनी दिइएको छ ।